+
Search

ताजा अपडेट +

पपुलर +

बागमती सफाइ अभियानको ६९०औँ हप्ता पूरा

शब्द-यात्रा
२०८३ साउन १६, शनिबार

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ । सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित बागमती नदी किनारमा सफाइ गरिएको हो ।

सफाइबाट आधा टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । कुहिने फोहर भने नदी किनारमा गाड्ने गरिएको छ । सफाइ महाअभियानबाट उठाइएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए ।

सफाइमा कामपा ११ का वडाध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं वाग्मती अभियानकर्मीहरूको सहभागिता थियो । सफाइका सहभागीले ५० थान विभिन्न जातका बिरुवा पनि वाग्मती नदी किनारमा रोपेका छन् ।

सो अवसरमा गत वर्ष रोपिएका बिरुवाको गोडमेल पनि गरिएको थियो । आगामी शनिबार ६९१औँ हप्ताको वाग्मती सफाइ पनि गुह्येश्वरी क्षेत्रकै वाग्मती किनारमा गरिने छ । अर्को हप्ता पनि वृक्षरोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिइने सफाइ महाअभियानले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा