काठमाडौँ । भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन्। नेपालको विरोधका बाबजुद उनीहरूले व्यापार पुनः सुरु गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमले ‘६ वर्षको लामो प्रतीक्षापछि उत्तराखण्डको पिथौरागढ जिल्लाको लिपुलेख दर्रा हुँदै भारत चीन सीमा व्यापार पुनः सुरु गरिएको’ उल्लेख गरेका छन्।
पहिलो चरणअन्तर्गत शनिबार भारतीय व्यापारीको समूह चीनको तिब्बत स्वायत्त क्षेत्रको ताक्लाकोट मण्डी पुगेको छ।
प्रतिक्रिया