वाशिंगटन । चीनको बढ्दो नौसैनिक शक्तिलाई लिएर चिन्तित अमेरिकाले १४ वटा नयाँ पनडुब्बी निर्माण गर्न ७६.६ अर्ब अमेरिकी डलरको ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ।
यस सम्झौतामा पाँचवटा ‘कोलम्बिया क्लास’ का आणविक शक्तिबाट चल्ने ब्यालिस्टिक मिसाइल पनडुब्बीहरूको निर्माण समावेश छ । यसको ठेक्का ‘जनरल डाइनामिक्स इलेक्ट्रिक बोट (जिडीइबी)’ लाई दिइएको छ।
प्राप्त जानकारी अनुसार यस सम्झौतामा सन् २०२५ देखि २०२९ सम्मको आर्थिक वर्षभित्र नौवटा ‘भर्जिनिया क्लास’ का आणविक शक्तिबाट चल्ने आक्रमणकारी पनडुब्बीको निर्माण कार्य पनि समावेश छ ।
नौवटा पानीजहाजसम्बन्धी यो ठेक्का र एचआइआइ न्यूपोर्ट न्युज शिप बिल्डिङ एचआईआई एनएसएस लाई दिइएको छ। प्राप्त जानकारी अनुसार, चीनले जसरी आफ्नो नौसैनिक शक्ति विस्तार गरिरहेको छ, त्यसले अमेरिकी प्रशासनलाई चिन्तित बनाएको छ। फलस्वरूप, समुद्री क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्न नयाँ पनडुब्बीहरू निर्माण गर्ने निर्णय गरिएको हो।
अमेरिकी नौ सेनाले यी पनडुब्बीहरूले नौसेनाको सामुद्रिक क्षमता तथा मुलुकको ‘न्युक्लियर ट्रायड’ अर्थात् परमाणु त्रिपक्षीय क्षमतालाई सुदृढ बनाउने बताएको छ।
प्रतिक्रिया