नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त भएकी छन् । सरकारले प्रजापतिलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हाे ।
स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा प्रजापतिलाई अध्यक्षको जिम्मेवारी दिएको हो । मन्त्रालयको निर्णय अनुसार काउन्सिलको उपाध्यक्षमा बिमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । शपथग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।
प्रतिक्रिया