+
Search

ताजा अपडेट +

पपुलर +

आचारसंहिता पालना नगर्ने ८ हजार बढी कर्मचारी कारबाहीमा

शब्द-यात्रा
२०८३ साउन २२, शुक्रबार

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि आचारसंहिता पालना नगर्ने ८ हजार बढी कर्मचारी कारबाहीमा परेका छन् । नयाँ सरकार गठन भएयता ८५३ सरकारी कार्यालयहरूको अनुगमन गरी आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीहरूलाई कारबाही गरिएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ भने केन्द्रले आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीहरूलाई कारबाही गर्न अख्तियारवालालाई निर्देशन दिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय योजनाहरूको प्राविधिक परीक्षण गरि सेवा प्रवाहमा ढिलासुस्ती रोक्न ‘फाइल ट्र्याकिङ’ र सेवाग्राही सन्तुष्टि सर्वेक्षणलगायत काम गरिरहेको कार्यालयले जनाएको छ । त्यस्तै केन्द्रलाई थप अधिकार सम्पन्न बनाउन ‘सतर्कता ऐन’ तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै तीनै तहसम्म सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई देशैभर व्यापक र बलियो बनाउने सरकारको योजना रहेकाले सरकारी निकायमा भ्रष्टाचार गरेकाे, कर्मचारीले आचारसंहिता पालना नगरेको वा संकास्पद सम्पत्ति रहेको पाइएमा सूचना केन्द्रको हटलाइन नं ०१४२००३४५ मा फोन गरेर टिपाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा