+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्नामा (तस्बिरहरू)

शब्द-यात्रा
२०८२ मंसिर ५, शुक्रबार

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्। नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ। एमालेले आज आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दैछ।

बिहान ११ बजे सोही स्थानमा घोषणा कार्यक्रम तय गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने छन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा