+
Search

ताजा अपडेट +

पपुलर +

मधेस सरकारबारे छलफल गर्न सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

शब्द-यात्रा
२०८२ मंसिर ६, शनिबार

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा आज दिउँसो मोर्चाको मूल समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाका अनुसार सो बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्ने बताइएको छ । बैठकमा आगामी निर्वाचनका तयारी र रणनीति, मोर्चाको सङ्गठनात्मक विस्तार, मधेस प्रदेशको सरकार तथा अन्य समसामयिक विषयबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा