काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक र भावनात्मक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पारिने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने र त्यसमा पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौँ । छिट्टै त्यो निर्णय पनि गर्ने छौँ । नयाँ पुस्तालाई बढीभन्दा बढी जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो ।’
प्रतिक्रिया