+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, कार्यवाहक सभापतिले सबै पक्षसँग अनौपचारिक छलफल गर्दै

शब्द-यात्रा
२०८२ मंसिर १५, सोमबार

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो । आज बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लम्बिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा