+
Search

ताजा अपडेट +

पपुलर +

विदेशस्थित नेपालीलाई मताधिकार दिन १० देशका ६० विद्यार्थी समूहको माग

शब्द-यात्रा
२०८२ मंसिर २१, आइतबार

काठमाडौँ । विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन् ।

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशमा रहेका समूहले उक्त माग गरेका हुन् ।

नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम जेनजी नेपाललगायत विद्यार्थी समूहले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थी समूहले विदेशमा रहेका नेपाली—विशेषगरी प्रवासी श्रमिक र विद्यार्थीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा