काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ ।
मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङका क्रममा एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताएका हुन् ।
मतदाताहरूको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई गणना गर्दा एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ । उनले भने, ‘यसरी हेर्दा लगभग आठ–साढे आठ घण्टामा हामीले मतदान सक्काउँछौँ भन्ने तयारी छ । निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाडि बढेका हौँ ।’
एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरू छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया