+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली कम्युनिस्ट पार्टीको नयाँ नीतिः यौन उत्पीडनमा संलग्नहरू उम्मेदवार बन्न अयोग्य, जेनजी अनिवार्य

शब्द-यात्रा
२०८२ पुष ५, शनिबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डसम्बन्धी नयाँ नीति ल्याएको छ ।

नेकपाले निर्वाचनका लागि उम्मेदवार छनोटमा कडाइ गर्दै उम्मेदवार सिफारिस गर्दा आर्थिक तथा सामाजिक रूपमा स्वच्छ छवी भएको हुनुपर्ने र बलात्कारजस्ता नैतिक पतनका कसुरमा दोषी ठहर भएकालाई अयोग्य ठहर गर्नेदेखि जेनजी अनिवार्य गर्ने नीतिलाई सर्कुलरमा उल्लेख गरेको छ ।

हेर्नुहोस्, नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डका विषयमा जारी गरेको आन्तरिक सर्कुलर:

१. उम्मेदवारको योग्यता र मापदण्ड

आगामी माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनुपर्नेछ

क. आधारभूत कानुनी योग्यता · प्रतिनिधि सभा उम्मेदवारको लागि २५ वर्ष र राष्ट्रिय सभाको उम्मेदवारको लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने।

-मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने।

-संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने।

-राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय तहका पदमा वहालवाला हुन नहुने।

ख. आर्थिक स्वच्छता र पारदर्शिता

-अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने।

-कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने।

-कुनै पनि प्रकारको कालोसूचीमा नरहेको हुनुपर्ने।

-सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने।

-कुनै कारोबारमा संलग्न भए कर/राजस्वमा अद्यावधिक भएको हुनुपर्ने।

-निर्वाचन आयोगले तोकेअनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने।

-पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने।

ग. सामाजिक आचरण र व्यवहार

-सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने।

-जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने।

-घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने।

घ. राजनीतिक तथा वैचारिक प्रतिबद्धता

-राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवबद्ध हुनुपर्ने।

-पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने।

-आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने।

-सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने।

-जनतामा लोकप्रिय हुनुपर्ने।

२. उम्मेदवारको सिफारिस

क. उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ।

-विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने।

-नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने।

-सार्वजनिक संवाद कला हुनुपर्ने।

-राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने।

-विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने।

३. सिफारिस गर्ने सङ्ख्या प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको सिफारिस निम्नानुसारको सङ्ख्यामा गर्नुपर्ने छ।

क. प्रत्यक्षतर्फ

-हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने।

-सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने।

-सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने।

ख. समानुपातिकतर्फ

-एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने।

-एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना।

-सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।

-उपत्यका विशेष प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।

-प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने।

-जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।

-संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने।

-सहिदका परिवार, बेपत्ताका परिवार, द्वन्द्वपीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने।

-एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने।

ग. राष्ट्रिय सभातर्फ

-राष्ट्रिय सभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने।

-राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५/५ जना सिफारिस गर्ने।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा