काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन्।
मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना हुने प्रौद्योगिकी महोत्सव तथा नयाँ दिल्लीस्थित भारत अन्तरराष्ट्रिय केन्द्रमा दक्षिण एसियाली जनसहभागिता मञ्चद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया