काठमाडौँ । कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा पूर्वसांसदहरूको हस्ताक्षर बुझाउने तयारी गरेको छ ।
कम्तीमा ६५ जनाको हस्ताक्षर पुर्याएर सर्वोच्च अदालतमा पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको हो ।
पार्टीले संसद् विघटनलाई असंवैधानिक भनिसकेको छ । यसको निरूपण अदालतबाट हुने हुनाले पार्टी निर्णयकै स्पिरिटका आधारमा हस्ताक्षर संकलन गरेर बुझाउन लागिएको बताइएको छ । सभापति शेरबहादुर देउवाले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् ।
प्रतिक्रिया