काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा भएका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीहरू सडकमा उत्रिँदा भएको उक्त हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।
उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र कालो दिनको संज्ञा दिएका छन्।
थापाले भने, ‘घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’ नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नभइने उनको भनाइ छ ।
प्रतिक्रिया