+
Search

ताजा अपडेट +

पपुलर +

सुर्खेतमा पूर्ववडाध्यक्षसहित ४० जना रास्वपामा प्रवेश

शब्द-यात्रा
२०८२ पुष ७, सोमबार

काठमाडौँ । सुर्खेतमा पूर्ववडाध्यक्षसहित ४० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

रास्वपा सुर्खेतका अनुसार चिङ्गाड गाउँपालिका–१ मा कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर एक कार्यकाल खाएका वीरबहादुर वलीसहित विभिन्न राजनीतिक दल परित्याग गरी ४० जना आइतबार रास्वपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा २०५४ सालका तत्कालीन गाविस वडाअध्यक्ष पदमबहादुर खत्री, नरेन्द्र सुनार, टीकाराम खत्री, टेकेन्द्र बूढा, रुद्रबहादुर खत्री, र लालबहादुर नेवार, वीरसिंह रावल, खागीसरा अधिकारी, हस्तबहादुर खत्री, गुमानसिंह खत्री र जसबहादुर सुनार रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा