काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।
महाराजगन्जमा दुई नेताबीच भएको भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
एमाले र कांग्रेसका सांसदले संयुक्त रूपमा प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।
प्रतिक्रिया