+
Search

ताजा अपडेट +

पपुलर +

पुस १२ मा सकिँदै सभामुख र उपसभामुखको कार्यकाल

शब्द-यात्रा
२०८२ पुष ८, मंगलबार

काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल पुस १२ गते सकिने भएको छ  ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने कानुनी व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने भनेकाले १२ पुससम्म कार्यकाल रहने आयोगले जनाएको छ ।

संविधानको धारा ९१ (६) (क) मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा