काठमाडौँ । निर्वाचनको वातावरण बनाउने उद्देश्यका साथ सरकारी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय अनुगमन गरेको छ ।
सो क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले रास्वपाको कार्यालयमा रहेको घण्टी बजाएका छन् ।
मंगलबारदेखि पार्टी कार्यालयहरूको अनुगमन गर्दै हिँडेका टोलीले बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गरिएकोमा १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गरिएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित अनुगमन समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् ।
प्रतिक्रिया