काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्र जसरी भए पनि विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा अडान लिएका छन् ।
शुक्रबार विशेष महाधिवेशन पक्षधरको ज्ञापनपत्र बुझ्दै दुवै महामन्त्रीले पुसभित्र विशेष महाधिवेशनको विकल्प नभएको बताएका हुन् ।
‘हामीले निरन्तर नियमित महाधिवेशन हुनुपर्छ भन्यौँ । नियमित नहुने स्थितिमा अब विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्छ । यो पुसभित्रै गर्नुपर्छ । कसरी गर्ने भनेर अब केन्द्रीय कार्यालयमा छलफल गरेर टुंगोमा पुग्छौँ ।’
अर्का महामन्त्री शर्माले पनि अब विशेष महाधिवेशनको लागि पार्टीको बैठकमा छलफल गर्ने बताए ।
प्रतिक्रिया