काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो।
आयोगले सोमबार अपराह्न ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ । आगामी फागुन २१ गते निर्वाचन हुँदै छ ।
प्रतिक्रिया