+
Search

ताजा अपडेट +

पपुलर +

फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा एमालेलाई शंका छः विष्णु पौडेल

शब्द-यात्रा
२०८२ पुष १९, शनिबार

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ मा नै निर्वाचन हुन्छ भन्नेमा शंका रहेको बताएका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेमा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका हुन् ।

निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमाले सधैँ निर्वाचनका पक्षमा रहेको समेत उनले बताए ।

विष्णु पौडेलेको भनाइ

तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौँ । किनभने, निर्वाचन तोकिएकै मितिमा होस्, तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस्, सबै मतदाताहरूले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकून्, सबै राजनीतिक दलहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्न सकून् भन्ने हाम्रो चाहना हो । तर, त्यो चाहना पूरा गर्नुपर्ने हिसाबले गर्नुपर्ने कामहरू अहिले पनि भइरहेका छैनन् । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत् कामहरू राम्रो अघि बढाओस् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा