+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ दल र स्वतन्त्रको नाममा अराजकता बढेको भन्दै सडकमा युवा उतार्ने तयारीमा एमाले

शब्द-यात्रा
२०८२ पुष २८, सोमबार

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नयाँ दल र स्वतन्त्रहरूको नाममा अराजकता बढेको भन्दै त्यसका विरुद्ध एमाले सडकमा उत्रने बताएका छन्।

सोमबार राजधानीमा आयोजित एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव बस्नेतले नयाँ दल र स्वतन्त्रहरूको अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गर्ने बताएका हुन्।

उनले नयाँ दल र स्वतन्त्रहरूको नाममा देखिएको गतिविधिलाई अराजकता बताउँदै त्यसलाई परास्त गर्न एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गर्ने घोषणा गरेका छन् ।

आगामी माघ ९ गते काभ्रेको धुलिखेलमा १० हजार युवाहरूलाई भेला गराएर ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा