+
Search

ताजा अपडेट +

पपुलर +

देउवालाई भेट्न महाराजगञ्ज पुगे डा. शेखर कोइराला

शब्द-यात्रा
२०८२ पुष २८, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

उनले देउवासँग कांग्रेसमा देखिएको विवादबारे छलफल गर्ने जनाइएको छ।

यसअघि उनले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा कांग्रेसको विभाजन रोक्न आफूले प्रयास गरिरहेको बताएका थिए । कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निमन्त्रणा पठाएका छन् । आफ्नो टिमको बैठकपछि शेखरले विशेष महाधिवेशनमै रहेका नेता सुनील शर्मामार्फत महामन्त्रीद्वयलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले फुटमा जान नदिन सभापतिसँग वार्तासहित दबाब दिन सकिने बताएका छन् । यसका लागि महामन्त्रीहरूले नै सहजीकरण गरी आश्वस्त बनाउने आधार दिनुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा