काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् ।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनी यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए । दोस्रो विशेष महाधिवेशनमा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । सभापतिमा गगन थापाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया