+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, देउवा समूहको केन्द्रीय समिति बैठक पनि आजै

शब्द-यात्रा
२०८२ माघ ३, शनिबार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान साढे ११ बजे बस्ने भएको छ ।

अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा बस्ने बैठकमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने र आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुनेछ ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि बस्न लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले शनिबार साँझ आधिकारिकता दिएको थियो ।

यसैबीच, नेपाली कांग्रेस देउवा समूहको पनि केन्द्रीय समितिको बैठक आजै केही समयमा बस्दै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा