+
Search

ताजा अपडेट +

पपुलर +

चार मन्त्रीले साथ छाडेपछि प्रधानमन्त्रीको काँधमा तीन मन्त्रालयको जिम्मेवारी थप

शब्द-यात्रा
२०८२ माघ ७, बुधबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई तीन वटा मन्त्रालयको जिम्मेवारी थप भएको छ।

तीन जना मन्त्रीले सरकारको साथ छाडेपछि प्रधानमन्त्रीको काँधमा तीन मन्त्रालयको जिम्मेवारी थपिएको हो ।

प्रतिनिधिसभा निर्वाचन लड्नका लागि मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी थपिएको हो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता थिए । उनीहरू राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा