+
Search

ताजा अपडेट +

पपुलर +

बागी उम्मेदवार उठाएपछि हरिबोलसहित सात नेता नेकपाबाट निष्कासित

शब्द-यात्रा
२०८२ माघ १०, शनिबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

निष्कासन गरिनेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) रहेका छन् ।

उनीहरूलाई पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएको आरोपमा कारबाही गरिएको हो ।

आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा