काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएकी छन्।
राष्ट्रिय सभाको बैठकलाई सोमबार पहिलोपटक सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा सोमबार प्रधानमन्त्री कार्कीले सम्बोधन गरेकी हुन्।
‘राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित भएका छन्। जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ,’ कार्कीले भनिन्, ‘एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सुरक्षा निकाय परिचालित गरिएको छ।’
प्रतिक्रिया