+
Search

ताजा अपडेट +

पपुलर +

चुनावअघि नै नेपाल आउँदै चीनका नयाँ राजदूत

शब्द-यात्रा
२०८२ माघ २४, शनिबार

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूतका रूपमा चाङ माओमिङ आउने भएका छन् ।

चीन सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा माओमिङलाई पठाउने भएको हो ।

चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक भएर काम गरिसकेका चाङ फागुनको पहिलो हप्तातिर नेपाल आइपुग्ने बताइएको छ । चीनले चाङको नियुक्तिका लागि नेपाल सरकारलाई बुझाएको एग्रिमो स्वीकृत भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

उनी नेपाल मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा परिचित छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा