+
Search

ताजा अपडेट +

पपुलर +

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

शब्द-यात्रा
२०८२ माघ २८, बुधबार

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूलाई आयोगको मंगलबारको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो ।

आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरू तथा राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा