काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार जिल्ला अदालत, कास्कीमा तारेख बुझेका छन् ।
बिहीबार बिहान जिल्ला अदालतमा लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाको तारेख बुझेका हुन् ।
तारेख बुझेपछि उनले न्यायको आशा र अपेक्षासहित अदालत पुगिरहेको बताएका छन् । उनले अदालतप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन् । ‘कानुनी प्रक्रिया, अदालती प्रक्रियालाई जहिले पनि सम्मान गर्नुपर्ने हुन्छ। हामीले न्याय पाउने भनेको सम्मानित अदालतबाट नै हो,’ उनले भने ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया