काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।
नेकपाका मधेस प्रदेश कमिटी सदस्य रवीन्द्र यादवको नेतृत्वमा केही नेता तथा कार्यकर्ता र रास्वपा बारा क्षेत्र नं ४ का उपसभापति दीपक पण्डित, नेता श्यामबाबु पाण्डेयसमेत राष्ट्रिय एकता दलमा प्रवेश गरेका हुन् ।
शनिबार बाराको प्रसौनीमा आयोजित एक कार्यक्रममा उनीहरूलाई राष्ट्रिय एकता दलका अध्यक्ष एवं बारा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनय यादवले पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता र हिन्दु राष्ट्र स्थापनाको लक्ष्यका साथ राष्ट्रिय एकता दल रोजेको बताए ।
प्रतिक्रिया