काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू यसअघि नै सांसद र मन्त्री भइसके पनि केही नगरेको भन्दै उनीहरू नयाँ नभएको दाबी गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् ।
‘घण्टी बजाउँदै आएको दल पनि आफूलाई नयाँ भन्छ त्यो नयाँ होइन’, उनले भने, ‘त्यसको सभापति उपप्रधान तथा गृहमन्त्री भैसकेको हो । त्यसकारण त्यो दल नयाँ होइन । गृहमन्त्री बन्दा आफैँ सहकारी काण्डमा मुछिएको छ । त्यो जीवी राई भन्छ, उसलाई खोजेर ल्याउनुपर्दैन ?’
उनले रवि लामिछानेलाई कति पटक गृहमन्त्री भए जीवी राईलाई पक्रने भनेर प्रश्न समेत गरे ।
प्रतिक्रिया