काठमाडौँ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन् । यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रूपमा सञ्चालन हुनेछन् ।
प्रतिक्रिया