काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले मतान्तर लगातार बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेन शाहले ६ हजार ५५१ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले १ हजार ४२८ मत पाएका छन् । हाल बालेन शाह ५ हजार १२३ मतको फराकिलो अन्तरले अगाडि रहेका छन्। यसअघि उक्त मतान्तर ४ हजार ६ थियो।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छन्। चौथो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १६५ मत पाएका छन्।
झापा–५ मा मतगणना जारी रहेकाले आगामी परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया