काठमाडौँ । म्याग्दीमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्।
उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६४६ मत प्राप्त गरेका छन्।
मतपरिणामसँगै पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
प्रतिक्रिया