काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्।
रास्वपाका खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरेका छन् । भक्तपुर-१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया