काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ ।
श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट निर्वाचित भएका हुन् ।
राई १६ हजार ६ सय १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४ मत प्राप्त गरेका छन् । कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेपाली कम्युनिस्ट पार्टी हरि रोकाले ९ हजार ४ सय ४३ मत प्राप्त गरेका छन्।
खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदाता रहेकोमा ६२ हजार ५६६ मत खसेको थियो ।
प्रतिक्रिया