+
Search

ताजा अपडेट +

पपुलर +

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

शब्द-यात्रा
२०८२ फागुन ३०, शनिबार

काठमाडौँ । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुङ्ग्याएको  छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पाउने ४ जना सांसदको नाम टुंगो लगाएको हो ।

सो पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ ।

पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा