काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना पार्टीका प्रतिनिधिसभा एवं राष्ट्रिय सभा सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम सुरु गरेको छ ।
शनिवारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आफ्ना निर्वाचित सांसदका लागि सो कार्यक्रमको आयोजना गरेको हो ।
संसदीय सचेतना कार्यक्रमले आफ्ना प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सदस्यहरूलाई संसदीय मर्यादादेखि संसदको भूमिकाका बारेमा ज्ञान अभिवृद्धि गर्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया