काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई अष्ट्रेलियाले बधाई ज्ञापन गरेको छ ।
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै बधाई ज्ञापन गरेको राजदूतावासले जनाएको छ ।
विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख छ ।
प्रतिक्रिया