+
Search

ताजा अपडेट +

पपुलर +

म कुनै पनि गुटमा छैनः डा. शेखर कोइराला

शब्द-यात्रा
२०८२ चैत २१, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू कुनै पनि समूहमा नरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको बताए । ‘अहिले सुन्दै जाँदा तपाईँहरूले पनि बुझ्नुभयो होला, तपाईँहरूले पनि सुन्नु यो होला, हामीले पार्टी छोड्या छैन मत मात्रै फेरेको भनेर भन्या छ। त्यही भन्या छन् नि मानिसहरू’, कोइरालाले थपे, ‘यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्विङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्विङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ। अब सिफ्ट हुन चाहिँ हामीले नदिऔँ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा