काठमाडौँ । सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूलाई सोमबार लिखित पत्र पठाइ एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलियां, सुम्निमा तुलाधर (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन्।
प्रतिक्रिया