+
Search

ताजा अपडेट +

पपुलर +

श्रम मन्त्रीकी पत्नीलाई स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्तिपछि विवाद, दिइन् यस्तो स्पष्टीकरण

शब्द-यात्रा
२०८२ चैत २४, मंगलबार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेको छ ।

उनको नियुक्ति विवादमा परेपछि श्रेष्ठले आज बिहान फेसबुक स्ट्याटसमा प्रष्टीकरण दिएकी छन् ।

मन्त्री पत्नी जुनुले बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी छन् । यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपा सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा