काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन्।
आज भएको शिष्टाचार भेटका क्रममा राजदूतले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको तर्फबाट खनाललाई पदभार ग्रहण गरेकोमा शुभकामना सन्देश सुनाएका थिए।
छलफलमा उनीहरूबीच नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने र आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया