काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छलफल गरिरहेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले आधिकारिता पाएसँगै रक्षात्मक बनेको समूहले रणनीतिक छलफल गरेको हो ।
पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् ।
आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् । यसअघि शनिबार खड्काले आफ्नो निवासमा बोलाएर तत्कालीन पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
प्रतिक्रिया