+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र प्रहरीको १३औं आईजीपीमा नारायणदत्त पौडेल

शब्द-यात्रा
२०८३ बैशाख १४, सोमबार

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो ।

पौडेल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका थिए । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा