काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् ।
कोइरालाले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएका हुन् ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेलामा बागमती प्रदेशभित्रका बहालवाला तथा निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्वजिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भेला बोलाइएको जानकारी दिए । आजै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको भेला बोलाएका छन् ।
प्रतिक्रिया