काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन्।
प्रधानमन्त्री बालेनमा न्यूनतम मानवता पनि नदेखिएको आरोप लगाउँदै बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन्।
‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका साम्पाङले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो। योभन्दा ठूलो अन्तरराष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन ।’
प्रतिक्रिया